विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले नेपाल भर बिक्रि अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन् , उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ । प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर छन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद जी ले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व पश्चिम राजमार्ग ९मेची – महाकाली चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage) अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा.ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु.५००,००० र ९ पाच लाखको चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइबाट हस्तानतरण गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्