×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २४.६५ प्रतिशतले बढ्यो, अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २४.६५ प्रतिशतले बढ्यो, अधिकांश सूचकहरुको अवस्था सन्तोषजनक !

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २४.६५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष कम्पनीले ७ करोड ५६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज ३६.७६ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा २४.३४ प्रतिशतले वृद्धि भएको छ । यस्तै वितरणयोग्य नाफा भने ३५.६२ प्रतिशतले घटेको छ ।

बैंकको अघिल्लो वर्ष खराब कर्जा १.८३ प्रतिशत थियो भने यस वर्ष १.७२ प्रतिशत रहेको छ । यसैगरी सापटी रकम २५.२५ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२१ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: