Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तको तेस्रो त्रैमासमा खुद नाफा २१.६१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा

अर्थ सरोकार

काठमाडौं। साधना लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २१.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको खुद ब्याज आम्दानी  ३७.२१ प्रतिशतले र सञ्चालन नाफा ३५.०३ प्रतिशतले  बढेको छ ।
यस्तै कम्पनीको निक्षेप संकलन ६३.३२ प्रतिशतले बढेको छ र कर्जा लगानी ७५.९६ प्रतिशतले बढेको छ । कम्पनीको खराब कर्जा पनि २.३३ प्रतिशत बाट घटेर १.८६ प्रतिशतमा पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK