×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.०५ प्रतिशत लाभांश पारित गर्ने विषेश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले बोलायो वैशाख २८ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२१.०५ प्रतिशत लाभांश पारित गर्ने विषेश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले बोलायो वैशाख २८ गते वार्षिक साधारणसभा

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख २८ गते हुने भएको हो । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको छ ।

कम्पनीले उक्त सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित पनि गर्ने भएको छ ।

कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी बढोत्तरी गर्नको लागि नियमावली संशोधन गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि यसले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ वैशाख १५ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन्  ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी