×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४९.४८% ले घट्यो साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

४९.४८% ले घट्यो साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा घटेको छ । कम्पनीले सो अवधिमा १ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो ।
गत वर्ष कम्पनीले २ करोड ५२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ४०.४०% बाट घटेर ३ अर्ब ५१ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्ष यसले बिक्रीबाट ५ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
हाल साल्ट ट्रेडिङको चुक्ता पूँजी २३ करोड ४ लाख ८२ हजार रुपैयाँ रहेको छ । यता रिजर्भ कोषमा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ४५५ रुपैयाँ २१ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: