काठमाडौँ । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका संयोजक रमेश चौलागाईंले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्दा ती व्यापारीलाई कोषमा समावेश गर्नुपर्ने माग गर्दै मुलुकको अनौपचारिक क्षेत्रबाट स्वरोजगार सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउन आफूहरूले योगदान गरेको दाबी गर्नुभयो ।
सडक व्यापारमा व्यवसायीले भाडा तिर्न नपर्ने भएकाले त्यहाँ उपलब्ध हुने वस्तु, सेवा तथा सामग्री सर्वसुलभ मूल्यमा पाइने हुँदा निम्न आय भएका निश्चित वर्ग लाभान्वित भएको व्यवसायी देवी मैनालीले बताउनुभयो । व्यापारीलाई उचित व्यवस्थापनका लागि उनीहरूका प्रतिनिधित्वसहित अधिकार सम्पन्न कार्यदल निर्माण गर्नुपर्ने, व्यापारका लागि दैनिक २/३ घण्टाको निश्चित समयको व्यवस्था गर्नुपर्ने, स्थानीय तहले व्यापारीको पञ्जीकरण गरी परिचयपत्रको व्यवस्था गर्नुपर्ने, व्यापारीलाई आवश्यक शुल्क लिनुपर्ने, व्यवसायीलाई धरपकड गर्न नहुने, समातिएका सामग्री निःसर्त फिर्ता गर्नुपर्नेलगायत माग सङ्गठनले गरेको छ ।
यस्ता व्यवसायी देशभर करिब तीन लाख तथा काठमाडौँ उपत्यकामा करिब १० हजार रहेको सङ्गठनले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्