Skip to content
LAXMI SUNRISE BANK

सामलिङ पावरको तेस्रो वार्षिक साधारणसभा चैत २१ गते हुने, यस्ता छन् सभामा पेश हुने मुख्य विषयहरु

अर्थ सरोकार

काठमाडौं । सामलिङ पावरको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको तेस्रो साधारणसभा चैत २१ गते सोमबार हुने भएको हो । सभा कार्की ब्यांक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

यता सभामा कम्पनीले हाल कायम रहेको सञ्चालक समितिको संख्या ११ बाट घटाएर ७ जना बनाउने एजेन्डा रहेको छ । यसका लागि कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको थियो । जस कारण चैत ६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK