×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता सेयर लिलामीमा बिक्री खुला, लगानीकर्ताहरुले वैशाख ७ गतेसम्म भर्न सक्ने

PRIME CA

समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता सेयर लिलामीमा बिक्री खुला, लगानीकर्ताहरुले वैशाख ७ गतेसम्म भर्न सक्ने

अर्थ सरोकार

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार

काठमाडौं । समृद्धि फाइनान्सले आज मंगलबारदेखि ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
जसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ भने न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा आवेदन दिने अन्तिम म्याद वैशाख ७ गतेसम्म रहेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । सो सेयर खरिद गर्न लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंक अफ काठमाण्डूको विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौँ, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: