×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले तेस्रो त्रैमासमा कमायो १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा, अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा बैंकले तेस्रो त्रैमासमा कमायो १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा, अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय बिवरण सार्वजनिक गरेको छ।  बैंकले  यस त्रैमासमा  १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन खुद नाफा अहिल्लो वर्षको तुलनामा १४.२० प्रतिशतले कम हो ।

यता बैंकको वितरणयोग्य नाफा पनि ४८.१२प्रतिशतले घटेर ७३ करोड १२ लाख रुपैयाँमा सिमित भएको छ । यस्तै खुद ब्याज आम्दानी २.६१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १४.६१ प्रतिशतले  घटेको छ ।

बैंकको निक्षेप संकलन १४.३३प्रतिशतले बढ्दा  कर्जा लगानी १५.२६ प्रतिशतले बढेको छ ।बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८७ पैसा रहेको छ  प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी