काठमाडौं । शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा सोमबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । यस कम्पनीले १ः०३ अनुपातमा चैत १ गतेबाट ३०% हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै शिखर इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ ।
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ । शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३०५ हकप्रद बिक्रीमा ल्याएको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्