×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाष्ट रिमाइन्डर : शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाईने भएको हो । कम्पनीले चैत १ गतेदेखि ३० प्रतिशत अर्थात् १ः शून्य दशमलव ३ अनुपातमा रू.१०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । माघ २० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद सेयर निष्कासन बाँडफाँडपछि पूँजी २ अर्ब २८ करोड पुग्नेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो सेयर सफ्टवेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: