काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ६२ करोड ८७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता खुद ब्याज आम्दानी २ अर्ब ४७ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै सञ्चालन नाफा २ अर्ब ३३ करोड २८ लाख ८० हजार रुपैयाँ कमाएको छ । जुन सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ३७.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस अवधिमा बैंकले १ अर्ब ६९ करोड ६१ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसाले बढेर २३ रुपैयाँ ०३ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्