Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार हुने, यस्ता छन् सभामा पेश हुने मुख्य एजेण्डा

अर्थ सरोकार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार हुने भएको छ । सभा हायात प्लेस, रेडक्रस रोड, ताहाचल काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

यस्तै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK