×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा वैशाख ९ गते, पूँजी वृद्धि गर्नेलगायतका एजेन्डा पेस हुने

GLOBAL IME BANK
SHREE KESH

सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा वैशाख ९ गते, पूँजी वृद्धि गर्नेलगायतका एजेन्डा पेस हुने

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा वैशाख ९ गते हुने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो ।
कम्पनीको पूँजी वृद्धि गर्नेलगायत प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ । साथै, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: