काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई सम्पति शुद्धीकरणले छानविन गर्नुपर्ने बताएका छन् । आइतबार अर्थतन्त्रको वर्तमान अवस्थाबारे नेकपा (एमाले) ले आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई सम्पति शुद्धीकरणले पक्राउ गरेर छानविन गर्नुपर्ने बताएका हुन् ।
देश आर्थिक अवस्था कम्जोर अवस्था जाँदै गरेका बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विभिन्न आरोप लगाई निलम्बन गरेसंगै चौतर्फी रुपमा टिका टिप्पणी भइरहेका बेला नेकपा एमालेले पनि अर्थतन्त्रका बारेका आफ्ना धारणहरु सार्वजनिक गरेको छ । सोहि सन्दर्भमा पूर्वअर्थमन्त्री पाण्डेले कसैको पैसा फुकुवा गर्न दबाब दिंदै राष्ट्र बैंकलाई अर्थमन्त्रीले पत्र लेख्नु अपराध सरहनै भएको बताएका छन् ।
उनले भने ‘कसैको पैसा देउ, कसैको पैसा नदेउ भन्दै अर्थमन्त्रीले भन्न मिल्दैन, सम्पत्ति शुद्धीकरणले विभागले यहि विषयमा अर्थमन्त्रीलाई समात्न सक्नु पर्थ्यो ।’ यता पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार सुदृढ अर्थव्यवस्था छाडेर बाहिरिएको बताएका छन् । उनले अहिले गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्