×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तालिमपछि आत्मनिर्भर बन्दै कोसी गाउँपालिका–५ का महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तालिमपछि आत्मनिर्भर बन्दै कोसी गाउँपालिका–५ का महिला

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इनरुवा । कोसी गाउँपालिका–५ का महावतीदेवी सदाले चार/पाँचवटा बाख्रा पाल्दै आए पनि यसबारे खासै अनुभव नहुँदा उहाँलाई समस्या हुँदै आएको थियो । बाख्रामा लाग्ने रोगबारे थाहा नभएको र रोग लागे पनि त्यसको लक्षण पहिचान गर्न कठिनाइ हुँदै आएकामा अब सदा यस विषयमा पूर्णरुपले जानकार हुनुभएको छ । सोही वडाकी परमेश्वरीदेवी सदालाई पनि बङगुर पालनमा खासै अनुभव थिएन । उहाँले दुई/चारवटा बङगुर पाल्दै आए पनि पाल्ने तरिका र तिनमा लाग्ने रोगबारे थाहा नहुँदा खासै आम्दानी लिन कठिन हुँदै आएको थियो ।
अब परमेश्रीलाई कुन जातको बङगुर पाल्ने, तिनलाई कसरी दाना दिने र रोग लागेमा कहाँ लगेर कसरी उपचार गराउनेजस्ता विषयमा जानकारी भएकाले व्यावसायिकरुपमा बङगुर पाल्न हौसला मिलेको छ । त्यसैगरी कुन्तीदेवी मेहतालाई पनि कुन बेला कुन तरकारी खेती गर्ने र तिनमा के कस्ता मलखाद दिने भन्नेबारे खासै ज्ञान नहँुदा जे जति तरकारी फल्थ्यो त्यसमै चित्त बुझाउनुपथ्र्यो। उहाँ पनि अहिले यस विषयमा पूर्ण जानकार भएर व्यावसाहिकरुपले खेती गर्न थाल्नु भएको छ । उक्त वडाका यी तीन महिला उदाहरणका पात्र मात्र हुन् । सुनसरी जिल्लाको उक्त गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई तालिम दिएका कारण अहिले उनीहरु आफूले गर्ने व्यवसायमा जनकार भएका हुन् ।
गाउँपालिकाले महिलालाई लक्ष गरेर सञ्चालन गरेको सात दिने होटल, बङगुर पालन, बाख्रा पालन, तरकारी खेती र भुजिया बनाउने तालिमले यस क्षेत्रका महिला आत्मनिर्भर हुनाका साथै आफैले पनि व्यावसायिकरुपमा काम गरेर स्वरोजगार हुने अवसर सृजना गरेको स्थानीय सुनितादेवी कामैतले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोग र इटहरीस्थित महिला सीप विकास केन्द्रले गाउँमै गएर तालिम दिएकाले महिलालाई रोजगार बन्न सहज भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो ।
यस्ता तालिमले आफूहरुलाई धेरै फाइदा भएको र आउने दिनमा तालिमलाई निरन्तरता दिनुपर्नेमा सोही गाउँ निवासी बबिताकुमारी मण्डलले जोड दिनुभयो । काम नपाएर तेसै समय बिताउँदै आएकामा यस्ता तालिम आयआर्जन गर्ने माध्यम बनेको स्थानीय सुनितादेवी कामतले बताउनुभयो । तालिमका कारणले महिलालाई रोजगारी दिलाउनाका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुगेको तालिम लिनुभएकी ललितादेवी सदाले जानकारी दिनुभयो । आगामी दिनमा महिलालाई लक्ष गरेर यस्ता किसिमका अन्य थप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी