काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् ।
गत १५ चैतमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमनत्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन र मनोनयनको निर्णय गरेका थिए । कांग्रेस केन्द्रिय कार्यालयले यसबारेको सूचना १८ चैतमा सार्वजनिक गरेको थियो । प्रचार प्रसार समितिको ६१औं नम्बरमा पदेन सदस्यको रुपमा थानीको नाम छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्