Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : गहुँ थ्रेसिङ गर्दै कैलालीका किसान, पेट्रोल भर्न पालो पर्खंदै झापाका नागरिक

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा थ्रेसरको मद्दतले गहुँ थ्रेसिङ गर्दै गरेका स्थानीय किसानदेखि झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित रवि पेट्रोल सेन्टरमा पेट्रोल भर्न पालो पर्खेर बसेका नागरिकससम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा थ्रेसरको मद्दतले गहुँ ुथ्रेसिङु गर्दै स्थानीय किसान ।

झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित रवि पेट्रोल सेन्टरमा  पेट्रोल भर्न  पालो पर्खेर बसेका नागरिक  ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा लगाएको चैते धान । सिँचाई कुलोको सहजता भएसगैँ यहाँका किसानले वर्षमा दुई बाली धान लगाउन थालेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ ।

आफूले उत्पादन गरेको तरकारी बागलुङ बजारको ट्राफिकचोकस्थित घरघरमै पुगेर बिक्री गर्दै किसान ।

घोराही– १४, झिगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा लगाएको जौं बाली काट्दै कामदार । होम गर्न जौको प्रयोग गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK