×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : जुम्लामा कालीमार्सी धानको बीउ राख्दै किसान, घोडेपानीमा ढकमक्क फुल्यो लालीगुराँस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : जुम्लामा कालीमार्सी धानको बीउ राख्दै किसान, घोडेपानीमा ढकमक्क फुल्यो लालीगुराँस

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जुम्लाको चन्दननाथ  नगरपालिकामा कालीमार्सी धानको बीउ राख्दै गरेकी महिलादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसससम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कालीमार्सी धानको बीउ राख्दै जुम्लाको चन्दननाथ नगरपालिकाका किसान । पछिल्लो समयमा देश तथा विदेशबाट अत्याधिक रुपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धान खेती गर्ने किसानको सङ्ख्या बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ ।

म्याग्दी सदरमुकाम बेनीमा सडकको कालोपत्रे मर्मत गरिँदै । नगरपालिकाबाट विनियोजन भएको बजेटबाट बेनीबजारको वडा नम्बर ७ र ८ का सडकको कालोपत्रे मर्मत गर्न सुरु भएको छ ।

नेपालगञ्जमा पालेको मौरीलाई बर्दियाको भोलागौडीमा चराउनका लागि तयारी गर्दै मौरीपालक किसान । सो स्थानमा ३०० घार भन्दावढी मौरीलाई चराउनका लागि त्यहाँ लगिएको छ ।

विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको गैँडाकोटमा कल्भर्ट निर्माणका लागि गरिएको डाइभर्सन । यस खण्डमा कल्भर्ट निर्माणका लागि एकैपटक धेरै ठाउँमा डाइभर्सन गरिँदा समस्या हुने गरेको छ ।

म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर नजिकै रहेको रघुगङ्गा नदी माथि एकै स्थानमा रहेका तीनवटा पुल । बेनी–जोमसोम सडक खण्डमा पर्ने यस स्थानमा एउटा झोेलुङ्गे पुलसहित तीनवटा पुल छन् ।

स्थानीयको विवाद तथा अवरोधका कारण विगत ४ वर्षदेखि रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक सहमतिपछि कालोपत्रे सम्पन्न गरिँदै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी