काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सुर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ५२ हजार २६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार सुर्या लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ५२ हजार २६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, युनियन लाइफ इन्स्योरेन्स, युनाइटेड इदि मर्दि हाईड्रोपावर, निफ्रा, अरुण भ्याली हाईड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, नेष्डो लघुवित्त, जाल्पा लघुवित्त, एनआइबिएल समृद्धि फण्ड-२ र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा युनाइटेड इदि मर्दि हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । युनाइटेड हाईड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सुर्या लाइफ इन्स्योरेन्स, सामलिङ पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी र नेपाल टेलिकममा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्