काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको उल्लेख गर्दै नेपाली पर्यटन क्षेत्रको सम्भाव्यताको अधिकतम् लाभ उठाउन दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरेकी छिन् । काठमाडौं स्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजको भातृ संस्था गेट भोकेसनलद्वारा विगत सात वर्षदेखि अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान नर्थ कोस्ट इन्स्टिच्युट अन्तर्गतको टेफको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोर्ष पूरा गरेका पाँचौ ब्याजको दीक्षान्त समारोहमा उनले सो कुरा बताएकी हुन् ।
“नेपालमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त टेफ कर्मसियल कुकरी थ्रीको अध्ययन पूरा गर्न पाउनु खुुसीको विषय हो । यो कोर्षको अध्ययन पूरा गरेका दक्ष सेफहरूमध्ये केहीले अष्ट्रलियामा र बाँकी नेपालमै एक्जुकेटिभ सेफको रुपमा र कतिपय स्वरोजगार भइ व्यवसाय सञ्चालनमा सहभागी रहेका छन् ” राजदूत भोल्कले भनिन् । नेपालमा २५ वटा नयाँ पाँच तारे होटलहरु आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रुपमा रहेकाले यहाँ आउन चाहने गरेकोले यसबाट लाभ लिनसक्नु पर्नेमा जोड दिइन । बीबीसी मास्टरसेफ प्रोफेसनल ‘रिम्याच’– २०२१ का विजेता सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मक पन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताए ।
“यदि तपाईंमा स्याउको गुण छ भने तपाईं सुन्तला बन्न खोजेर हुँदैन, सुन्तला र स्याउ दुवैमा आआफ्नो विशेषता छन् । आफूले आफूभित्रको प्रतिभा पहिचान गर्नसक्नु पर्छ,” साहले भने । यस्तै, बीबीसी मास्टर सेफ प्रोफेसनल–२०२० का विजेता एलेक्स वेबले मास्टर सेफका विजेता र सह–विजेताहरुका रुपमा नेपाल भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे । गेट कलेजका प्रमुख कार्यकारी अधिकृत-संस्थापक खेम लकाईंका अनुसार गेट कलेजले सन् २०१५ बाट अष्ट्रलियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ जना विद्यार्थीहरू दीक्षित भइसकेका छन् ।
कोर्षका लागि नेपालभित्रै टेफ एनएसडब्लू मान्यता प्राप्त प्रशिक्षकहरु उत्पादन गर्न सकिएको, तीमध्ये केही प्रशिक्षकहरुले अन्य शैक्षिक प्रतिष्ठानमार्फत् आफ्नो सीप र ज्ञान विस्तार गरिरहेको उल्लेख गर्दै लकाईंले गेट कलेज ‘कमर्सियल कुकुरी थ्री’ कोर्षका लागि टेपले तोकेकै स्तरका पूर्वाधारहरु उपलब्ध रहेको जानकारी दिए । कार्यक्रममा खेम्स क्लिनिङका प्रमुख कार्यकारी खेम शर्मा र कर्पोरेट एक्जुकेटिभ सेफ डायमन्ड गुरुङले आफ्नो अनुभव बाँडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्