×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगमा अघोषित लोडसेडिङ गर्दै प्राधिकरण : उद्योगी भन्छन्-‘यस्तै ताल हो भने हामीहरु उद्योग चलाउन सक्दैनौँ’ (भिडियो)

GLOBAL IME BANK
SHREE KESH

उद्योगमा अघोषित लोडसेडिङ गर्दै प्राधिकरण : उद्योगी भन्छन्-‘यस्तै ताल हो भने हामीहरु उद्योग चलाउन सक्दैनौँ’ (भिडियो)

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

मोरङ । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडि देखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक साता देखि वेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ । सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौंै खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताउनु भयो । उहाँले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताउनु भयो । सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ । अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो । सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं । खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो । अत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ । अहिले वर्षा सुरु हुनु भन्दा पहिले र जाडो पछि खपत बढ्ने तर नदिनमा पानी कम हुने हुन्छ । यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ । तर यहिबीचमा रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन । भारतबाट विद्युत आयात गरिरहेका छौं । अहिले अप्रत्याशित विद्युत अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ ।’

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक साता देखि निरन्तर रुपमा विद्युत आपूर्ति कटौती भएको बताउनुभयो । उहाँले प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताउनु भयो । उद्योगमा लामो समय देखि विद्युत आपूर्तिमा पटक–पटक न्यन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गनु भयो । उहाँले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गर्नु भयो । व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताउनु भयो । उहाँले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको दाबी गर्नु भयो । उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ केही वर्ष देखि उद्योगहरुमा लोडसेडिङ नभएता पनि पटक पटक न्युन पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमि आउँदा समस्या भएको छ । यसमा ठूलो आर्थिक भार खेप्नु परेको अवस्था छ । पछिल्लो समय केही हप्ता देखि वेलुकी ६ बजेदेखि १४ घण्टासम्म विद्युत कटौतीको समस्या भोग्नु परेको अवस्था छ । उद्योग सञ्चालनमा मात्रै नभएर उद्योगका २ हजार कर्मचारी बस्ने आवासको समेत प्राधिकरणले विद्युत कटौती गर्दा समस्या परेको छ । यस्तो समस्याको विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा समेत सुनुवाई भएको छैन । कुनै जानकारी, कुनै विद्युत कट हुने समय तालिका विना एक्कासी रुपमा उद्योगमा लोडसेडिङ सुरु भएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले लोडसेडिङ गदैनौं । तर सात दिनदेखि निरन्तर रुपमा लोडसेडिङ हुँदै आएको कुनै परिर्वतन भएको छैन । त्यति मात्रै नभएर उद्योगका श्रमिक बस्ने आवासमा छुटै लाइन दिएको थियो । त्यो समेत कटौती गरेको छ । उद्योग सञ्चालनको लागि डिजेल तथा जेनेरेटर केही पनि छैन । विगत भएका जेनेरेटरहरु पनि लोडसेडिङ अन्त्य भएपछि थन्किएर बसेको छन् । बिग्रिएर बसेको छ बनाएको छैन । श्रमिले समेत विद्युत नपाउँदा भोली उद्योगमा नै ठूलो समस्या आउने देखिन्छ ।’

त्यस्तै विराटनगरमा सन्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज,ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताउनु भएको छ । उहाँले १४ घण्टा उद्योगहरुले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने बताउनु भयो । उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत सहज रुपमा आपूर्तिको व्यवस्था गर्नु पर्ने सञ्चालक अग्रवालको भनाई छ । उहाँले विद्युत प्राधिरकण आफै उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौ भन्ने तर प्राधिकरण आफै १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताउनु भयो । सञ्चालक अग्रवालले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटैती गरेर उत्पादन भइरहेको बताउनु भयो । ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाई छ ।

उहाँले भन्नुभयो,‘ एक साता देखि विद्युत प्राधिकरणले भनेको छ । उद्योगमा १२ देखि १४ घण्टाको लोडसेडिङ हुन्छ । अहिले बैंकको ब्याज त्यति कै बढ्दै गएको छ । ढुवानीको लागत बढ्दै गएको छ । उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ ? कुनै पनि हालतमा सम्भव छैन । त्यसको प्रभाव सर्वसाधरण जनतालाई पर्ने हो । उद्योगलाई विद्युत दिने कुरामा सरकार गम्भिर हुनुपर्छ । लोडसेडिङ भएर उद्योग बन्द गर्नु प¥यो भने छुटै समस्या देखिन्छ। जुन देशमा बेरोजगारी बढ्छ । त्यसैले उद्योगमा लोडसेडिङ गर्ने कुरा राम्रो भएको छैन । विद्युत प्राधिरकण आफै उद्योगीलाई ठूलो ठूलो उद्योग ल्याउनुस् । जति पनि फालाफाल विद्युत छ । उद्योगलाई जति विद्युत चाहिन्छ । हामी दिन्छौं । अर्को पटकमा भन्ने १२ देखि १४ घण्टा लोडसेडिङ हुन्छ । लोडसेडिङ हुने कुनै बाध्यता होला । तर कुनै उद्योग सञ्चालनको लागि कुनै योजना हुनुपर्यो । उत्पादनको लागि कच्चा पदार्थ आयात भएको छ । विद्युत अभाव भएपछि कच्चा पदार्थ कटैती गर्नु पर्छ । ५० प्रतिशत उत्पादनमा कटौती गर्दा कच्चा पदार्थ मात्रै राखेर उद्योगले के गर्ने ?।’

अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन । उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरि सकेका छन । तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन । रुस-युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ । युद्धको कारण भारतमा विद्युत महँगो भएको छ । एक साता अगाडि नेपाली ३८ रुपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो । ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ । पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिरकणको चर्को आलोचना गरिरहेका छन् । विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ । विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो । तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन् । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: