काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीले बैशाख २३ गते शुक्रबार विशेष साधारणसभा गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको बैशाख ८ गते सम्पन्न बैठकले उक्त सभाको निर्णय गरेको हो । सभा बिहान ११ बजे धोबिघाट ३, ललितपुरस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्चुअल माध्यममार्फत हुने भएको छ ।
सभामा सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा स्वीकृत गर्ने तथा नयाँ सञ्चालक नियुक्त गर्ने सम्बन्धमा विशेष प्रस्ताव रहेको छ । यस्तै कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) र (ख) मा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभाका लागि कम्पनीले बैशाख १५ गते बिहीबार बुकक्लोज मिति तोकेको छ । तर्सथ बैशाख १४ गते बुधबारसम्म नेप्सेमा कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्