×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्तको २ लाख ३६ हजार २५० कित्ता आइपीओ शुक्रबार बाँडफाँट हुने, सेयर हात पार्न भने भाग्यकै भर पर्नुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपकार लघुवित्तको २ लाख ३६ हजार २५० कित्ता आइपीओ शुक्रबार बाँडफाँट हुने, सेयर हात पार्न भने भाग्यकै भर पर्नुपर्ने !

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपकार लघुवित्तको आइपीओ वैशाख ९ गते शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफाँट हुने भएको हो । उक्त आइपीओ मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएको छ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुने भएको छ ।

यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी