काठमाडौँ । जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लनेक्रम उल्लेख्यरुपमा बढेको छ । खडेरी बढ्दै गएको छ भने पानीका मूल सुक्दै गएका छन् ।
अतिवृष्टि, खण्डवृष्टि जस्ता कारणले वातावरणीय जोखिम पनि उत्तिकै वृद्धि भएको छ । यस्तो अवस्थामा नेपालको ऊर्जा क्षेत्रसमेत नराम्ररी प्रभावित भएको छ । गत असारमा गएको बाढीका कारण झण्डै रु तीन अर्ब बराबरको क्षति भएको थियो । ऊर्जा क्षेत्रमा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने झण्डै रु १० अर्ब बराबरको क्षति भएको छ ।
यस सन्दर्भमा जलविद्युत् आयोजना निर्माण गर्दा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने मत जबर्जस्तरुपमा उठेको छ । जलविद्युत् प्रवद्र्धकले आयोजनाको विकास गर्दा वातावरणीय अध्ययन र समाजिक व्यवस्थापनमा संवेदनशील हुनुपर्ने आवश्यकता बढेर गएको छ ।
शनिबारदेखि राजधानी काठमाडौँमा तेस्रो हिमालयन हाइड्रो एक्स्पो चलिरहेको छ । नेपालको ऊर्जा क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउने र लगानीका नयाँ अवसरको खोजी गर्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा जलवायु परिवर्तन र त्यसले ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमासमेत महत्वपूर्ण छलफल भएको छ ।
जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले जलविद्युत् आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि पनि वातावरणीय पक्षलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिषराज पाण्डेका अनुसार जलवायु परिवर्तनको असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ । नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण हुने वा निर्माण हुने क्रममा रहेकाले ती क्षेत्र नै बढी संरक्षण गर्नुपर्ने क्षेत्रका रुपमा देखिएको उहाँको भनाइ छ । संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजना धेरै हुँदा विकास र वातावरणलाई सन्तुलितरुपमा लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
“हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपर्छ, विगतका पाठका आधारमा आगामी दिनमा कार्ययोजना बनाउनुपर्ने महसुस हामीले गरेका छौँ, एकीकृत जलउपयोग नीतिअनुसार नदी बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापनका साथ साथै सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नैपर्छ”, उहाँले भन्नुभयो ।
सानिमा हाइड्रोका प्रमुख लगानीकर्ता डा सुवर्णदाश श्रेष्ठले वातावरणीय सामाजिक विषयवस्तुलाई प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नुपरेको दृष्टान्त पेश गर्नुभयो । “अब जलविद्युत्मा लगानी मात्र सोच्ने होइन वातावरण सामाजिक व्यवस्थापनमा पनि सोच्नुपर्छ, जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ”, उहाँले भन्नुभयो ।
वातावरणीय व्यवस्थापनमा वृक्षरोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्यशैलीमा सुधार गर्नुपर्ने उहाँको मत छ । उहाँले भन्नुभयो, “आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएका छैनौँ, हामी बिरुवा हुर्काउन तयार छौँ, नेपालको नाङ्गा डाँडा दिनुस् न हामी खुसीसाथ गर्न तयार छौँ, तर हामी आयोजनास्थल नजिकै किन्दै जाने कुराको समीक्षा गरौँ ।”
विशेषगरी जलविद्युत् क्षेत्र आफँैमा बढी प्राविधिक विषय भए पनि यसमा वातावरणीय पक्षलाई ख्याल नगर्दा बढी समस्या खडा भएको छ । कतिपय प्रवद्र्धकले लाइसेन्समात्र बोकेर लगानी गर्न खोज्दा सफल नभएको दृष्टान्त पनि उत्तिकै छ ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अग्रणी बैंक एनएमबीले पछिल्ला दिनमा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिएको छ । सो बैंकले हालसम्म ४५ आयोजनामा लगानी गरिसकेको छ । बैंकका प्रतिनिधि शरद् तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको जरुरी रहेको बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्