वालिङ । उद्यमशीलता प्रवद्र्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि ती दुई निकायबीच सम्झौता भएको हो ।
दिगो विकास लक्ष्य हाँसिल गर्न १७ वटा लक्ष्यलाई सन् २०३० सम्ममा संयुक्त राष्ट्र सङ्घले तोकेबमोजिमको उपलब्धि प्राप्त गर्न सो सम्झौता गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।“यस कार्यक्रबाट गरिबी निवारण, हरित विकास, उद्यमशीलता, नवप्रवर्तनजस्ता कार्यसँगै स्मार्ट सिटीको आधारभूत कार्यमा सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो, “विकासको गतिलाई द्रूत रुपमा अगाडि बढाउँदै तोकिएको समयावधिभित्र उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिने छ ।”
हरित उद्यमशीलताको अभिवृद्धिसँगै सबैलाई समेट्ने क्षमतावान् तथा दिगो विकासको स्थानीयकरण कार्यक्रमले दिगो विकासका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा उहाँको थियो । कोभिड– १९ को असर कम भएसँगै नागरिकलाई उतपादनसँग जोड्दै स्वरोजगार बनाउने यस परियोजनाको मुख्य लक्ष्य रहेको छ ।
नगरपालिकासँगको सहकार्य निकै उपलब्धिमूलक रहेको युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले बताउनुभयो । उहाँले अझै प्रभावकारीरुपमा यस कार्यलाई अगाडि बढाउनका लागि नगरपालिकासँग सम्झौता गरिएको बताउनुभयो । उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ९इबिक० स्थापना गरी वालिङले हरित उद्यमशीलताका क्षेत्रमा निकै उदाहरणीय काम गर्न गरेको आवासीय प्रतिनिधि सिंहको भनाइ थियो ।
यस नगरपालिकाले अगाडि सारेको उद्यमीको सहर बनाउने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको उहाँले बताउनुभयो । साझेदारी कार्यक्रमअन्तर्गत युएनडिपीले रु एक करोड १० लाख र नगरपालिकाले तीन करोडको व्यहोर्ने भएका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्