×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिभर फन जिपलाइन र क्याफेको उद्घाटन, अब व्यवसायिक उडान नियमित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिभर फन जिपलाइन र क्याफेको उद्घाटन, अब व्यवसायिक उडान नियमित हुने

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । बाह्र बर्ष देखि एड्भेन्चर र रिसोर्ट ब्यवसायमा लोकप्रिय रिभर फनबिच रिसोर्टका सन्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्ट सम्म पुग्ने रिभर फन जिपलाइनु र रिभर फन क्याफेुको उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा जीप लाइनको उद्घाटन गरेका छन् ।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् । नदि माथीको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन् । जिपलाइन खेल्न प्रती ब्यक्ती नेपालीका लागि रु १ हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने बताइएको छ ।

फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ । फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफिमा परिचीत कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए । १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।

रिभर फन क्याफे

रिभर फन क्याफेमा कफि बार, कक्टेल, मक्टेल, बर्गर, पिज्जा क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालनमा आएको छ । मल्टि क्युजीन क्याफे भएकाले विदेशी खानाको पारखीहरु देखी नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने अधिकारीको भनाइ छ ।

अन्य एड्भेन्चर

९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए । मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ निर्माण गरिएको छ । रिभरफन बिच रिसोर्टलाई एड्भेन्चर हब बनाएर गन्यव्य रिभरफनुकै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा तथा गतिविधि थप भैरहेको बताइएको छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरु समेत थप भैरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी