काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बुद्ध जयन्तीको दिन सोमबार लुम्बनीस्थित मायादेवी मन्दिरमा परिसरमा भएको र्यालीमा सहभागी बौद्व बौद्ध धर्मावलम्बीदेखि कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा उखुको जुस बिक्री गर्दै स्थानीय व्यापारीसम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ।
हेरौं फोटो समाचारः
बुद्ध जयन्तीको दिन सोमबार लुम्बनीस्थित मायादेवी मन्दिरमा परिसरमा भएको र्यालीमा सहभागी बौद्ध धर्मावलम्बी ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा उखुको जुस बिक्री गर्दै स्थानीय व्यापारी ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै ।
उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू सोमबार कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको स्थलगत अनुगमन गर्दै ।
बुद्ध जयन्ती अवसरमा सिँगारिएको लुम्बिनीस्थित मायादेवी मन्दिर ।
२५६६ औँ बुद्ध जयन्तीका दिन सोमबार काठमाडौँको बौद्धमा परेवालाई चारो दिँदै सर्वसाधारण ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्