×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँखुखोला जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०८ पैसा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आँखुखोला जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०८ पैसा

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ३ करोड ४ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १६८.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। आघिल्लो बर्ष १४ करोड ७८ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी भएको थियो यो त्रैमासमा बढेर १७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेर ६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ र जगेडा कोष भने २३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । यस्तै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी