कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छैन् । नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो ।
बाउन्न किमी लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने हुन्छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको बताए ।
“वनजङ्गल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ, निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि सुरु भइसकेको छ”, उनले भने, “मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजना कम्तीमा एक वर्ष धकेलियो ।” आयोजनाको निर्माण अवधि आगामी भदौमा सकिँदैछ । रु. सत्तरी करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मेवारी पाएको छ ।
आयोजनाले डबल सर्किटका १७० टावर निर्माण गर्ने प्रस्ताव छ । टावरको उचाइ ११५ मिटरदेखि १६० मिटरसम्म रहेको छ । आयोजनाका अनुसार प्रसारण लाइनको अधिकांश क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्छ । प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ ।
प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कूल २२५ वर्गकिलोमिटर जमिन समेटिने छ । कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुँदबुँदेस्थित सवस्टेशनमा पुगेर टुङ्गिनेछ । एक सय ३२ केभी विद्युत् प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत् सेवामा सास्ती भोग्दै आएका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्