महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर बनबासा पुलमा २४सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नलगायतका माग राखेर ज्ञापन बुझाएको हो ।
“यसअघि दैनिक चार घण्टा खुल्ने पुल मुख्यमन्त्रीज्यूकै पहलमा अहिले सात घण्टा खुलिरहेको छ”, वाणिज्य सङ्घका अध्यक्ष मल्लले भने, “ पूर्णागिरिबाट खटिमा बजारसम्म नेपाली सवारीसाधन चल्न पाउनुपर्ने माग पनि राखेका छौँ ।” सङ्घले कृषि क्वारेन्टिन नहुँदा समस्या भइरहेको जनाउँदै क्यारेन्टिन स्थापनाका लागि पनि माग गरिएको जनाएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री धामीले नेपाल–भारतको परापूर्वकालदेखि धार्मिक र आर्थिक सम्बन्ध रहेको बताए । “नाका खुलाउनुपर्ने विषय आवश्यकताको विषय पनि हो”, उनले भने, “यो विषयमा यथाशीघ्र पहल गर्नेछौँ ।” –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्