रामपुर पाल्पा । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ । ५० प्रतिशत अनुदानमा मौरीको घार, खाल्डो खन्ने मेसिन, डिजिटल तराजु, मल्चीङ्ग प्लास्टिक, प्लास्टिक टनेल, थोपा सिँचाइ पाइपलगायतका सामग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानलाई व्यावसायिक बनाउन र पालिकाको समृद्धिका लागि कृषिका कार्यक्रममा जोड दिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहन गर्नेसमेत बताए । कृषिलाई उत्पादनमुखी बनाउन कृषकलाई आवश्यक पर्ने बीउविजन, प्राविधिक सहयोग, औजार उपकरण सहयोगदेखि तालिमसम्मको व्यवस्थापन गरी अघि बढ्ने पालिकाले जनाएको छ ।
रम्भामा निःशुल्क दुर्घटना बीमादेखि एकल पुरूषलाई भत्ता
जिल्लाको रम्भा गाउँपालिकाले निःशुल्क दुर्घटना बीमा र एकल पुरुषलाई भत्ता दिने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार ग्रहण गर्दै पालिकावासीको हितका लागि दुर्घटना बीमादेखि एक पुरुषलाई भक्ता दिने कार्यक्रम अगाडि बढाउने जानकारी दिए । गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रु. एक लाखसम्मको दुर्घटना बीमा गर्ने गरिने छ । दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको रु. एक लाख वा मृत्यु भएमा घरपरिवार आफन्तलाई रु. एक लाख रकम गाउँपालिकाले प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाले निकालेको तथ्याङ्कअनुसार रम्भामा २५ हजार ९९० जनसङ्ख्या रहेको छ । उनीहरु सबैको दुर्घटना बीमा हुनेछ । यसअघि पनि गाउँपालिका भित्रका विद्यार्थी, शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा कार्यक्रम पालिकाले ल्याएका थिए । यहाँ रहेका सबै एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णयसमेत भएको छ । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्