×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ लाख रुपैयाँ बराबरको अवैध सुनसहित ३३ वर्षीय युवक पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२८ लाख रुपैयाँ बराबरको अवैध सुनसहित ३३ वर्षीय युवक पक्राउ

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर-६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।

जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु. २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए । पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: