×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री जनार्दन शर्मालाई संसद बैठकमा उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्री जनार्दन शर्मालाई संसद बैठकमा उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई संसद बैठकमा उपस्थित हुन सभामुख सापकोटाले निर्देशन दिएका छन् । सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट) का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा अर्थमन्त्री शर्मा उपस्थित नभएपछि बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा अर्थमन्त्री नै उपस्थित नभई छलफल चल्न नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । यस्तै उनले अन्य उपस्थित भएका मन्त्रीहरुलाई सांसद हरुले राखेका विषय नोट गर्न रिपोर्टिंग गर्न निर्देशन दिएका हुन् । बैठकमा जेठ ४ गते बुधबारदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको हो । जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी