×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४०.१७ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४०.१७ प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कती ?

Artha Sarokar

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको ४०.१७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ७ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ६२.८७ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ करोड ८२ लाख रुपैयाँबाट बढेर ७ करोड ५६ लाख पुगेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड २ लाख ८० हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी