×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १.०७ प्रतिशतले बढ्यो खुद नाफा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसियन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १.०७ प्रतिशतले बढ्यो खुद नाफा

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १८ करोड ४० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.०७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको जीवन बिमा कोषको आकार २१.९० प्रतिशतले बढेर ३० अर्ब ९८ करोड ७६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन ११.४१ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ४६ लाख १७ हजार रुपैयाँ पुगेको छ । साथै प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: