×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुबाट एक सातामा बाहिरियो ४ अर्ब निक्षेप, कर्जा प्रवाह पनि २ अर्बले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वाणिज्य बैंकहरुबाट एक सातामा बाहिरियो ४ अर्ब निक्षेप, कर्जा प्रवाह पनि २ अर्बले घट्यो

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुबाट एक सातामा ४ अर्ब निक्षेप बाहिरिएको छ । वैशाख ३० गतेसम्ममा आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले बाहिरिएको बैंकर्स संघले जनाएको हो ।

वैशाख २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब ४६ करोड निक्षेप रहेको थियो भने वैशाख ३० गतेसम्म आइपुग्दा करिब ४ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यता कर्जा प्रवाह पनि यस अवधिमा २ अर्ब रुपैयाँले घटेको छ । वैशाख २३ गतेसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भएको थियो भने ३० गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी