Skip to content
LAXMI SUNRISE BANK

बैंकङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ६ दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ जरिवाना

अर्थ सरोकार

काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई, भक्तपुर न.पा. वडा २, ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई,  बुधबार पक्राउ गरेको हो।

सुवालले २०७६ साल माघ २७ गते एनआईसी एसिया बैंक लिमिटेडमा रहेको निजको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बैंकको खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले ६ (छ) दिन कैद र  रु. २४,५९,८२२/- (चौबीस् लाख उन्साठ्ठी हजार आठ सय बाइस् रुपैंया) जरिवाना हुने ठहर गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई भक्तपुर,ब्यासीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK