×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ दिन कैद र ९ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ दिन कैद र ९ लाख जरिवाना

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । गोरखा जिल्ला  सिरानचोक गाउँपालिका  वडा नं.६ घर भई हाल काठमाडौंको बस्ने ३७ वर्षीय प्रकाश रेग्मी सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मुक्तिनाथ बिकास वैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/०२/०३ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ दिन कैद र ९ लाख जरिवाना सुनाएको थियो। उनलाई बुढानिलकण्ठ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी