काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला सुनापाती गाउँपालिका वडा नं.५ घर भई हाल भक्तपुर बस्ने ४६ बर्षिय कृष्णभक्त मानन्धर सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/०२/१६ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना सुनाएको थियो। उनलाई बुकाभ्रेपलाञ्चोक, वनेपा न.पा. वडा नं. १, नालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्