Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र १२ लाख जरिवाना

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् । गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं.२ घर भई हाल रानीवन बस्ने ५१ बर्षिय लक्ष्मी सापकोटा सो कसुरमा पक्राउ परेकी हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी नेपाल बङ्गलादेश बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७८/०९/०२ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १२ लाख  जरिवाना सुनाएको थियो। उनलाई बानेश्वर,काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK