भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो ।
स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ताथली नालाछापवासीको लागि सहज रुपमा खानेपानीको सुविधा दिन सञ्चालनमा ल्याएको योजनाको काम उपभोक्ता समितिले तदरुकताका साथ गर्ने विश्वास व्यक्त गरे ।
उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका ताथली नालाछापबासीका लागि सहज सुलभ तरिकाबाट खानेपानीको सुविधा दिन यो योजना सञ्चालनमा ल्याएको बताए । उनले योजनाका लागि वडा र नगरपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गनुपर्ने बताए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्