×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रम : देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराइने

PRIME CA
GLOBAL IME BANK

नीति तथा कार्यक्रम : देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराइने

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने बताएकी हुन् । यस्तै पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणाली पनि लागु गर्ने भएको छ ।

यस्तै सरकारले विशिष्टिकृत संस्थाबाट मात्र धरजग्गा कारोबार गर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने पनि बताएकी छिन् । यस्तै पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको अकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: