Skip to content
LAXMI SUNRISE BANK

विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणलाई प्राथामिकतामा राखिने

अर्थ सरोकार

काठमाडौं । सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणमा प्राथामिकता दिइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यस्तै सरकारको नीति तथा कार्यक्रममा देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था पनि उल्लेख छ । पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणाली पनि लागु गर्ने भएको छ ।

यसैगरी सरकारले विशिष्टिकृत संस्थाबाट मात्र धरजग्गा कारोबार गर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने पनि बताएकी छिन् । यस्तै पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको अकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK