×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रमः उपत्यकामा मेट्रो रेलको विस्तृत संभाब्यता अध्ययन गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नीति तथा कार्यक्रमः उपत्यकामा मेट्रो रेलको विस्तृत संभाब्यता अध्ययन गरिने

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उपत्यकामा मेट्रो रेलको विस्तृत संभाब्यता अध्ययन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

यस्तै सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणमा प्राथामिकता दिइने भएको छ । साथै सरकारको नीति तथा कार्यक्रममा देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था पनि उल्लेख गरिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणाली पनि लागु गर्ने भएको छ ।

यसैगरी सरकारले विशिष्टिकृत संस्थाबाट मात्र धरजग्गा कारोबार गर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने पनि बताएकी छिन् । यस्तै पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको अकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी