×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट २०७९/८० : युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजेट २०७९/८० : युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् । यस्तै सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गरेको छ । यस्तै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।

सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था पनि मिलाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन गरेको पनि अर्थमन्त्री शर्माले बताए । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । यसैगरी आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: