Skip to content
LAXMI SUNRISE BANK

बढाएन वृद्धभत्ता, वृद्धभत्ता पाउने उमेर भने घट्यो

अर्थ सरोकार

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर घटाएको । यसअघि ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता पाउने व्यवस्था थियो । तर अहिले घटाएर ६८ वर्षको उमेरमै पाउने व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको हो ।

हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । तर सरकारले वृद्धभत्ता भने बढाएको छैन । यता सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गर्नुका साथैै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK