×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । उक्त बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र हुनेछ भने १६ पुल निर्माण हुनेछ ।

यस्तै सरकारले वर्षौंदेखि निर्माण भईरहेको हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेटबाट भने ३ सय किलोमिटर सडक कालोपत्रे र २४ पुल निर्माण गरिने भएको छ । यस्तै ६७ वटा नयाँ पूल निर्माण कार्य पनि सोही बजेटबाट गर्ने भएको छ ।

सरकारले मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन गरेको छ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गर्नुका साथैै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी