काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै दम्पतीको हकमा ६ लाख रुपैयाँ सम्म कमाउँदा १ प्रतिशत मात्रै कर लाग्ने भएको छ ।
हाल आयकर ऐनअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत र दम्पत्तीले ४ लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था थियो ।