×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट विनियोजन

Artha Sarokar

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु. चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु. ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु. एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।

जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले रु. ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि रु. ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले रु. ४० करोड ४८ लाख बजेट प्राप्त गरेको छ । जिल्लाको गण्डकी गाउँपालिकाले रु. ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाले रु. २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले रु. ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई रु. ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल रु. तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी